कृष्ण पहाडी सहित तीन दर्जन मानव अधिकारकर्मी पक्राउ
मंसिर २४, २०७२- भारतले गरेको नाकाबन्दीको विरोधमा मानव अधिकार तथा शान्ति समाजले भारतीय राजदूतावास अगाडि आयोजना गरेको धर्नास्थलबाट तीन दर्जन मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
६७ औं विश्व मानव अधिकार दिवसका सन्दर्भमा ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित सञ्चालित १० दिवसीय विशेष अभियानको क्रममा बिहीबार दूतावास अगाडी आयोजित धर्नाबाट प्रहारीले कृष्ण पहाडी सहित ३ दर्जन अधिकारकर्मीहरुलाई पक्राउ गरेको हो ।
भारतले लगाएको नाकाबन्दीले नेपाल र नेपाली नागरिकको मानव अधिकार कुण्ठित हुन पुगेको भन्दै भारतलाई नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह सहित धर्ना आयोजना गरिएको हो ।
दिउँसो १ बजे निर्धारित धर्ना सुरु हुने बित्तिकै प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कवि अर्जुन पराजुली, समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको छ ।
कृष्ण पहाडी सहित तीन दर्जन मानव अधिकारकर्मी पक्राउ
Reviewed by MR BloggeR
on
8:16 AM
Rating:
No comments: