आईएसआईएसको प्रचार गरेको आरोपमा भारतीय आयल कर्पोरेशनका म्यानेजर पक्राउ
मंसिर २५, २०७२- ईन्टरनेटमार्फत मानिसहरुलाई आतंकवादी समूह आईएसआईएसको सदस्य बन्न उक्साएको आरोपमा जयपुरबाट भारतीय आयल कर्पोरेशनका मार्केटिक म्यानेजर पक्राउ परेका छन् ।
मोहम्मद सिरज उडदिनले ह्वाट्सएप र फेसबुक प्रयोग गरी आतंकवादी समूहको विचारधारा फैलाएको प्रहरीको आरोप छ । उनलाई राजस्थान प्रहरीको प्रति आतंकवाद स्वायडले बिहीबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘आतंकवादी संगठनको लागि मान्छे भर्ना गर्न सहयोग गर्न सहयोग गरेको र आधिकारीक रुपमा सहयोग गरेको आशंकमा उनलाई पक्रा
उ गरिएको हो’, प्रति आतंकवाद स्वायडका अतिरिक्त महानिर्देशक आलोक त्रिपाठीले भने ।
उनको इन्टरनेट क्रियाकलापको अनुसन्धान गर्दा उनी आईएसआईएसबाट प्रभावित देखिएको र भारतीय मुस्लिम युवालाई त्यसमा भर्ना गराउन सक्रिय रहेको देखिएको त्रिपाठीले जानकारी दिए ।
उनले फेसबुक र ह्वाट्सएप ग्रुपमार्फत सन्देश प्रवाह गर्ने गरेको र उनले आईएसआईएसको अनलाईन म्यागेजिनसमेत डाउनलोड गरेको भेटिएको प्रहरीको भनाई छ ।
http://bit.ly/1Qiuppn
आईएसआईएसको प्रचार गरेको आरोपमा भारतीय आयल कर्पोरेशनका म्यानेजर पक्राउ
Reviewed by MR BloggeR
on
6:44 AM
Rating:
No comments: