ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

मंसिर २५, २०७२- एकै दिशामा जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोरीको  मृत्यु भएको छ । उग्रतारा जनागाल ४ मा ना. ६ ख नम्बरको ट्रकले बा. ६७ प नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बनेपा ६ का २८ बर्षीय रामचन्द्र कार्की र उनकी छोरी ५ बर्षीय रक्षा कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका इन्सपेक्टर दिपक भारतीले जानकारी दिए ।

मोटरसाइकलमा सवार रामचन्द्रकी पत्नी कल्पना कार्की घाइते भएकी छन् । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको भारतीले जानकारी दिए ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु  Reviewed by MR BloggeR on 7:20 AM Rating: 5

No comments:

Powered by Blogger.